२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ



अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ बस्ने ३३ वर्षीय देवराज वली र सोही नगरपालिका–६ बस्ने ३१ वर्षीय सुशील अधिकारी रहेका छन् । प्रहरीले वलीलाई उनकै घरमा लुकाइछिपाइ राखेको अवस्थामा नौ ग्राम ९९० मिलिग्राम खैरो हिरोइनसहित फेला पारेको थियो ।

अर्का आरोपी सुशील अधिकारीलाई गोलबजार नगरपालिका–४ मा अवस्थित पिस ल्याण्ड होटलको कोठा नम्बर १०४ बाट एक ग्राम ५७० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । रासस




भर्खरै