२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्ने माग गरेको छ ।

विघटित प्रतिनिधि सभाको संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रपतिको गम्भीर संवैधानिक असावधानी र कमजोरीका कारण प्रतिनिधि सभा षड्यन्त्रमूलक तथा असंवैधानिक ढङ्गबाट विघटन गरिएको बताएका छन् ।

उनले संवैधानिक प्रक्रिया र संसदीय प्रणालीमाथि आघात पुग्ने गरी संसद् विघटन गरिएको भन्दै यसले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि प्रश्न उठाएका छन् ।

उनको धारणा यस्तो छ–
संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्युको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको विवेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था प्रतिनिधिसभाको षडयन्त्रमुलक र असंवैधानिक ढङ्गबाट विघटन भएको छ ।

यो केवल संसदको विघटन मात्रै होइन यो त लोकतन्त्रको आत्मा माथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत हो। यद्यपी यसकाविरुद्ध संवैधानिक परिक्षण र उपचारको लागी दर्जनौं रिटहरु समेत सम्मानित अदालतमा दर्ता भइ विचाराधिन अवस्थामा रहेको छ ।

तर यस अवस्थासम्मको संवैधानिक कमजोरी सम्माननीय राष्ट्रपतिज्युबाट नै भएकाले जुन विन्दुबाट कमजोरी भएको हो सोही विन्दुबाट त्यसलाई सच्याउन सम्माननीय राष्ट्रपतिज्युले अदालतमा विचाराधिन रिटहरु माथिको आदेश कुरिरहनु पर्दैन , सम्माननीय राष्ट्रपतिज्यु स्वयंबाट संविधान सम्मत निर्णय हुन नसक्दा उत्पन्न संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्युबाट नै संसद पुनर्स्थापना सम्बन्धी बिगतको नजिरका आधारमा समेत लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद पुनर्स्थापनको घोषणा गरी संसद को बैठक आह्वान गर्नु पर्दछ ।

यो नै उहाँको मुलुकका सामु सिर्जित आजको जटिल परिस्थितिमा निकासका लागी अनिवार्य संवैधानिक कर्तव्य र जिम्मेवारी हो । यसबाट मात्रै विद्यमान समग्र राजनीतिक प्रश्न , गुनासा र मुद्दाहरुको संवैधानिक तथा लोकतान्त्रिक समाधान दिन सकिन्छ र मुलुकको दिर्घकालिन हितको प्रवर्धन समेत हुनेछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले पनि २०५९ साल जेठ ८ गते विघटन गरिएको प्रतिनिधि सभा (संसद)लाई अदालतको आदेश मार्फत नभइ २०६३ साल वैशाख ११ गते घोषणा मार्फत पुनर्स्थापना गरेका थिए ।