१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न



अ+ अ-

गण्डकी। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत हकहित र सुरक्षामा सामूहिक ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेला आज सकिएको छ ।

महासङ्घको गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको उक्त भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो । भेलाले पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेसागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरी उक्त घोषणापत्र जारी गरिएको उहाँले बताउनुभयो ।

घोषणापत्रमा तीनै तहका सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख छ ।

प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक बनाउन र विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरिएको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पत्रकारहरूले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेसागत आचारसंहिताको कडाइकासाथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

सङ्घ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन भेलाले माग गरेको छ । गण्डकी प्रदेशभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिष्ट्रारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउन माग गरिएको छ ।

भेलाले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका सञ्चारगृह र पत्रकारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । निर्वाचन नै लोकतन्त्रको प्रमुख आधार भएकाले वर्तमान अन्योलपूर्ण अवस्थाको निकाश र संविधान रक्षाका लागि निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा भेलाले जोड दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उक्त भेलामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतको सहभागिता थियो ।

‘लोकतन्त्रको रक्षाका लागि समयमै निर्वाचन हुनुपर्छ’ यसैबीच नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र र संविधानको रक्षाका लागि सरकारले तोकिएकौ समयमा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनुपर्ने बताउनुभएको छ । आज  पोखरामा आयोजित महासङ्घको गण्डकी प्रदेशअन्तर्गतका जिल्ला शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलामा उहाँले समयमा निर्वाचन नभए नागरिकका अधिकार कुण्ठित हुने धारणा राख्नुभयो ।

“स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने वातावरण सरकारले बनाउनुपर्छ । यसमा राजनीतिक दल र अन्य सरोकार भएका पक्षहरूले सहयोग गर्नुपर्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “संविधानलाई सही बाटोमा डोर्‍याउन र लोकतन्त्रलाई थप सुदृढ गर्न समयमै निर्वाचन हुनुपर्छ ।” अगुवा नागरिक संस्थाका रूपमा महासङ्घले संविधान र लोकतन्त्रका पक्षमा आफूलाई सधैँ उभ्याउँदै आएको उहाँले बताउनुभयो ।

जिम्मेवार र सन्तुलित पत्रकारितामा जोड दिँदै अध्यक्ष शर्माले पत्रकारिता सशक्त भएमा मात्र महासङ्घ पनि बलियो हुने धारणा राख्नुभयो । पत्रकारिता समाजमा सकारात्मक परिवर्तन ल्याउन गर्नुपर्नेमा जोड दिँदै उहाँले आचारसंहिता पालना गर्नु पत्रकारको पहिलो कर्तव्य हो भन्नुभयो । रासस