२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण



अ+ अ-

भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गर्नुभएको छ । बाल सुधारगृहको अवलोकन गर्दै उहाँले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो ।

सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिनुभएको थियो ।

मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिनुभएको थियो । उहाँले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गर्नुभएका हिमालय गौतमसँग भेट गर्नुभएको छ ।

अस्वस्थ अवस्थामा रहनुभएका उहाँकै निवास इमाडोल पुगेर उहाँले गौतम परिवारसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।रासस