२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड एस्टन भिल्लासँग १–२ गोलले पराजित भएको हो ।

घरेलु टोलिको जितमा दुबै गोल मोर्गान रोजर्सले गरे । खेलको ४५ औं मिनेटमा रोजर्सले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसलगत्तै इन्जुरी समयमा म्याथ्युस कुन्हाले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

५७ औं मिनेटमा रोजर्सले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै भिल्लालाई २–१ ले अघि बढाए । त्यसपछि थप गोल हुन सकेन र भिल्ला विजयी बन्यो ।

यो नतिजापछि भिल्ला १७ खेलबाट ३६ अंकका साथ तेस्रो स्थानमा छ भने युनाइटेड २६ अंकका साथ सातौं स्थानमा छ ।