२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ ।

सोमवार बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतवार आन्दोलनको घोषणा गर्नुभएको थियो ।

जेन–जी समूहले जेन–जी आन्दोलनलाई ‘धोका’ दिइएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि ढुंगाना नेतृत्वको समूहले सिंहदरबारअगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षा शतर्कता अपनाएको जनाएको छ ।

 तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल