२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ



अ+ अ-

ललितपुर। महिला उद्यमी महासङ्घ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ ।

महासङ्घले आज ललितपुरमा २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो । देशभरका महिला उद्यमीको छाता सङ्गठनका रूपमा कार्यरत महासङ्घ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ ।

महासङ्घले हाल नेपालका ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरी पाँच हजार ५०० भन्दाबढी महिला उद्यमीलाई आवद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासङ्घ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ ।

महासङ्घको २२औँ वार्षिक साधारणसभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासङ्घमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराउनुभयो ।

साधारणसभामा महासङ्घका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासङ्घबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी सङ्घ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासङ्घको स्थापना कालदेखि निरन्तर योगदान पु-याउने संस्थापक सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।