२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु



अ+ अ-

खोटाङ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनःनिर्माणको काम सुरु गरिएको छ । दिक्तेल बजारको भानुचोकमा रहेको सो सालिक लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको थियो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनर्निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभयो ।

भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनर्निर्माणको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सालिक वरपरका खाली ठाउँमा टायल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी सौन्दर्यकरण गरिने जनाइएको छ । यसका लागि स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनर्निर्माणको काम अघि बढाइएको बताइएको छ ।

पछिल्लो समय सङ्घीय अनुदान कटौती हुने अवस्था रहेकाले समयमै बोलपत्र प्रक्रिया अघि नबढाए बजेट फ्रिज हुने जोखिम रहेकाले निर्माण तत्काल सुरु गर्न सबै सरोकारवाला निकायसँग समन्वय गर्न नसकिएको उहाँको भनाइ छ ।

भनुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको जनाइएको छ । सालिकसहित बजार सौन्दर्यकरणका लागि कार्यालयले रु एक करोडको ठेक्का आह्वान गरे पनि सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसीले रु ८१ लाख नौ हजार २२९ मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको कार्यालयले जनाएको छ ।

साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत अघि बढाइने कार्यालयले जनाएको छ । रासस