१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धनको लागि त्रिशुलीमा रिभर गाईड तालिम



अ+ अ-

काठमाडौँ । पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा युवाहरुलाई रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम दिइएको हो ।

नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाईड नेपालको पर्यटन क्षेत्रमा चाहिने एक विशेष मानवीय स्रोत भएको बताउनु भयो । उहाँले ७० जनालाई तालिम दिन लागिएको जानकारी दिनुभयो । उहाँले नाथमले हालसम्म १ हजार २ सय ३८ जना रिभर गाईड उत्पादन गरेको पनि बताउनु भयो । तालिममा सहभागीहरुले नेपालमा मात्रै नभई संसारभर गएर नै काम गर्नसक्ने उहाँको भनाई छ । नाथमका प्रशासन विभाग प्रमुख ज्ञानराज पण्डितले सैद्धान्तिक कक्षा नाथममा सञ्चालन गरेर प्रयोगात्मक परीक्षाको लागी त्रिशुली नदीमा ल्याएको जानकारी दिनुभयो । उहाँले प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएकोहरुले लाईसेन्स प्राप्त गर्ने बताउनु भयो ।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्ष शुक्र लामाले रिभर गाईड जति उत्पादन गरेपनि अभाव हुने गरेको बताउनु भयो । विभिन्न देशबाट रिभर गाईडको माग आउने भएकोले रिभर गाईडहरु विदेशमा गएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले हाल रिभर गाईडको माग पूरा गर्न पनि धौ—धौ परिरहेको बताउनु भयो । उहाँले नेपालमा पनि रिभर गाइडको अभाव रहेको बताउनु भयो । उहाँले वर्षमा दुई पटक तालिम गर्न सकिए अझ राम्रो हुने पनि उल्लेख गर्नुभयो ।

हिमालयन रिभर राईड एशोसिएशन नेपालका पूर्वअध्यक्ष मानध्वज गुरुङले ¥याफ्टिङ एडेभेञ्चर स्पोर्ट भएको बताउनु भयो । खतरामा रमाउन चाहने पर्यटकहरुलाई जोगाउनको लागि तालिम प्रदान गर्न लागिएको बताउनु भयो । उहाँले खोलामा पर्यटकको सुरक्षा, रेस्क्यु लगायतका बारेमा गाईडहरुलाई तालिम दिने बताउनु भयो । अहिले ७० जनाले तालिम लिइरहेको उहाँले बताउनु भयो । उहाँले हाल भएको तालिम लाईसेन्सको लागि मात्रै भएको बताउनु भयो । लाईसेन्सको तालिम अगाडी रेस्क्यु तालिम, फ्रस्टेट ए एल सिपिआर तालिम छुट्टै हुने पनि जानकारी दिनुभयो । उहाँले पछिल्लो समय ¥याफ्टिङ गाईडको माग पनि बढेकोले तामिल लिन आउनेहरुको संख्यामा वृद्धि भएको उल्लेख गर्नुभयो । विभिन्न स्थानिय तहमा ¥याफ्टिङको संस्कृति फैलिए पनि पछिल्लो सयम जलविद्युत आयोजना निर्माणका क्रममा ड्याम बन्ने गरेकाले ठूला नदीहरुमा चाहीँ समस्या आएको बताउनु भयो । ड्याम बन्ने गरेकाले ठूला नदीहरुमा ¥याफ्टिङ सञ्चालन गर्न नसकिएको उहाँको गुनासो छ ।

तनहँु आँबुखैरेनीबाट आउनुभएका प्रशिक्षार्थी रविन गुरुङले ¥याफ्टिङको लाईसेन्स निकाल्नको लागि तालिम लिन आएको बताउनु भयो । उहाँले सन् २०२० देखि ¥याफ्टिङ सिक्न थालेपनि लाईसेन्सको लागि ४ वर्षभन्दा बढी सिक्नुपर्ने भएकोले तालिम लिन आएको उहाँले जानकारी दिनुभयो । उहाँले हाल गाईड सहायकको रुपमा काम गरिरहेको पनि बताउनु भयो । चितवनका सन्तबहादुर घर्ती आफूले स्थानीयस्तरमा ¥याफ्टिङ गराइहेपनि त्रिशुली नदीमा गर्दा धेरै अनुभव हासिल गरेको बताउनु भयो । उहाँले स्पिल, रिभर क्रसिङ लगायतका धेरै कुराहरुको अनुभव पाएको बताउनु भयो । काठमाडौंका रविन थापाले रिभर गाईडको प्रयोगात्मक तालिममा सहभागी भएर धेरै कुरा जान्न पाएको बताउनु भयो । उहाँले साना नदी र ठूला नदीमा ¥याफ्टिङ गर्नुमा धेरै नै भिन्नता रहेको पनि उल्लेख गर्नुभयो । उहाँले दुर्घटनाबाट बच्नको लागी डोरीलाई चलाने बारेमा जानकारी लिन पाएको बताउनु भयो । तालिममा सहभागी दीपेश नेपालले एडभेन्चरमा रहर भएकोले तालिम लिन आएको बताउनु भयो । उहाँले आफैँसँग ¥याफ्टिङ कम्पनी रहेको पनि जानकारी दिनुभयो । उहाँले तालिममा पर्यटकलाई रेक्यु गर्ने टी रेस्क्यू, थ्रो व्याक रेक्यू, कायक रेक्यू लगायतका बारेमा जानकारी लिन पाएको बताउनु भयो । प्रशिक्षार्थी रमेश सुनुवारले ¥याफ्टिङ गाईडलाई निरन्तरता दिने र आगामी पुस्तालाई पनि तालिम दिने उद्देश्यले तालिममा सहभागी भएको बताउनु भयो । उहाँले अवसर आएमा यही कामको लागि विदेश जाने सोच बनाएको पनि बताउनु भयो । यसअघि पनि ¥याफ्टिङ गाईडको काम गरिरहेको भएपनि आफूसँग लाइसेन्स नभएको कारण लाइसेन्स लिनको लागी तालिममा सहभागी भएको उनको भनाई छ । तालिममा सहभागी अर्पणा पाण्डेले सानैदेखि आफूलाई एडभेन्चरमा सौख रहेकोले तालिममा सहभागी भएको बताउनु भयो । उहाँले आफूले दुई वर्षदेखि काम गर्दै आएको पनि जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई डोरी ड्रेसिङ गर्ने, स्वीङ गर्ने, बोर्ड फ्ल्पि गराउने, रिभर क्रस गराउने, पर्यटकको रेस्क्यू लगायतका बारेमा तालिम दिइएको हो । ¥याफ्टिङ गराउनु अगाडी पर्यटकलाई नदीको बारेमा जानकारी दिने, सुरक्षाको बारेमा जानकारी दिने, दुर्घटनामा भए उद्धार गर्ने, प्राथमिक उपचार लगायतका बारेमा पनि उनीहरुलाई जानकारी गराइएको हो । १५ दिने सो तालिम बिहीवारसम्म चल्नेछ ।