२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताउनुभयो ।

मन्त्रालयले एम्बुलेन्स सेवाको  सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । उक्त निर्देशिका अनुसार सबै एम्बुलेन्स सेवाहरु प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने छ ।

प्रवक्ता डा बूढाथोकीले उक्त निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा आएको बताउनुभयो ।

उहाँले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिनुभयो । रासस