२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…



अ+ अ-

म्याग्दी। बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाव दिएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै ‘डिबिएसटी’ प्रबिधिको कालोपत्र गरिएको थियो ।

बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको विषयमा वडा नं १ का अध्यक्ष टेकबहादुर थापा र २ का अध्यक्ष यामबहादुर कार्की, पूर्वअध्यक्ष हिराबहादुर थापासहित स्थानीयवासी आज सडक डिभिजन कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सडक डिभिजनका निमित्त प्रमुख विष्णु लामिछाने र निर्माण कम्पनी गजेन्द्र–नयाँबाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईंलाई प्रत्यक्ष निरीक्षण गराएका छन् । “यो सडकको बेस बिछ्याउँदादेखि गुणस्तरीय नभएको गुनासो थियो । सो विषय लिखित रुपमा सचेत गराउँदा पनि सुनुवाइ भएन”, वडा नं २ का अध्यक्ष कार्कीले भन्नुभयो, “बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र कार्पेट बिछ्याएको जस्तो भएको छ ।”

नौ मिटर चौडाइको सो सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी गर्ने सम्झौता छ । उक्त योजनाका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा सम्पन्न गर्ने म्याद रहेकामा पुनः आगामी फागुनसम्म काम गर्ने म्याद थप भएको छ ।

सडक डिभिजनका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिबद्धता जनाउनुभयो ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईंले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्डअनुसार बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो । रासस