२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय गरेको छ।

रास्वपा सचिवालयको आजको बैठकले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियासम्बन्धी विभिन्न निर्णय गरेको जनाइएको छ।

बैठकले २०८२ पुस ५ गते आयोजित छलफल कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवार आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

आकांक्षीहरूको प्रारम्भिक निर्वाचनबाहेक छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । सो प्रक्रियाको आवश्यकताअनुसार पार्टी उपसभापति डा स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले अनुगमन गर्ने निर्णय गरिएको छ ।

प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्याङ्कन भर्चुअल माध्यमबाट गर्ने निर्णय गरिएको छ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई पुस १४ गते बिहान ९ बजेसम्म निर्वाचन आयोगमा बन्दसूची बुझाउनुअघि पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता झाले बताउनुभयो ।

बैठकले उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा डा स्वर्णिम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ ।

समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय सङ्गठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया थप पारदर्शी, समावेशी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित यी निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिनुभयो । रासस