२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट



अ+ अ-

काठमाडौँ। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ ।

अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ ।

प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलरले सिनेमाको टोन देखाएको छ । टिजरले साइकोलोजिकल थ्रिल फिल गराउने प्रयास गरेको छ ।

निर्माण टिमले टिजरसँगै सिनेमा रिलिजको नयाँ मिति पनि सार्वजनिक गरेको छ । माघ १६ गते यो सिनेमा रिलिज हुनेछ । यसअघि यो चलचित्र पुस १० गते सार्वजनिक गर्ने भनिएको थियो ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीले गरेको छायांकन रहेको चलचित्रका आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।