२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तरक्रिया सम्पन्न



अ+ अ-

काठमाडौँ। पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबिनै स्वतन्त्र र निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

सेन्टर फर पोलिसी रिसर्चले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा चौथो अङ्ग ः अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा उहाँले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाए निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय हुने बताउनुभयो ।

पूर्वआयुक्त थपलियाले निर्वाचन गराउने निकायबारे समाचार सम्प्रेषण गर्दा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन संविधानबमोजिम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमले निर्वाचन प्रक्रियामा हुने कमजोरी, अनियमितता तथा सम्भावित जोखिमबारे तथ्यमा आधारित अनुसन्धानात्मक सामग्री प्रकाशन गर्न सके लोकतन्त्र थप मजबुत हुने धारणा राख्नुभयो ।

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले निर्वाचनका समयमा पत्रकारले भोग्नुपर्ने व्यावसायिक चुनौती, समस्या तथा आचारसंहिताका विषयमा चर्चा गर्नुभएको थियो ।  उहाँले निर्वाचनमा पत्रकारले समाचार सङ्कलन तथा प्रकाशन गर्दा आचारसंहिता, कानुनी सीमा र सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सेन्टर फर पोलिसी रिसर्चका अध्यक्ष सीताराम भट्टराईले अन्तरक्रियाले निर्वाचन प्रक्रियामा पत्रकारिताको चौथो अङ्गको भूमिकालाई थप स्पष्ट पार्नुका साथै पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारिता गर्न प्रेरित गरेको बताउनुभयो ।रासस




भर्खरै