२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ ।

शुक्रवारबाट काठमाडौंमा आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् ।

सर्वपक्षिय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताउनु भयो ।

शुक्रवारबाट माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने बताउनु भयो ।