२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप बोर्डमा पाँच सदस्य नियुक्त



अ+ अ-

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई नियुक्त गर्नुभएको मन्त्रीका स्वकीयसचिव विनोद रिमालले जनाकारी दिनुभयो ।

परिषद्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटा, रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा)को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो सङ्घको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरिएको हो ।

चार वर्षका लागि नियुक्त गरिएका सदस्यहरूको आजै शपथ ग्रहण गरिएको छ । रासस