२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीमा ७६ जना ज्येष्ठ नागरिक सम्मानित



अ+ अ-

सुनसरी। पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा इटहरीमा ७६ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।

ज्येष्ठ नागरिक समन्वय समिति इटहरीको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिकाअन्तर्गतका २० वटै वडाबाट छनोट गरिएका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको ज्येष्ठ नागरिक समन्वय समितिका उपाध्यक्ष तुलाराम दङ्गालले जानकारी दिनुभयो ।

समाज विकासमा ज्येष्ठ नागरिकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँहरूको सम्मानले आगामी पुस्तालाई प्रेरणा मिल्ने भएका कारण प्रत्येक वडा क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ज्येष्ठ नागरिकलाई समेटेर सम्मान गरिएको उहाँले बताउनुभयो ।

सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्दै हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पछिल्ला पाँच वर्षदेखि नियमित रूपमा मनाइँदै आएको छ । रासस