२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको छ ।

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको हो ।

आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरू उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व चुहावट गरी गराइ नेपाल सरकारलाई हानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरकफरक पाँच वटा निवेदन दर्ता गरिएको छ ।”

जम्मा रु एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरी सरकारलाई हानी पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । रासस