२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संस्कृत विश्वविद्यालयको ४०८ विघा जमिनमा मोही



अ+ अ-


तुलसीपुर(दाङ):
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ । देउखुरीको एक हजार ३३७ विघा जग्गामध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको कूलसचिब माधव अधिकारीले जानकारी दिनुभयो । यसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमित १६८ विघा जग्गामध्ये ८३ विघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा एक हजार १३२ विघा जग्गामध्ये ३०६ विघा जग्गामा मोही रहेको छ ।

त्यस्तै गढवा गाउँपालिकाको गोवरहियामा ३६ विघा जग्गामध्ये १८ विघा जग्गामा मोही लोगेको छ । यसमा केही मोहीको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ताअनुसार भिडाउन आवश्यक रहेको उहाँले बताउनुभयो । केही मोही बेपत्ता भएको भन्ने भनाइ रहेको कारण जग्गाधनी प्रमाण पुर्जामा रहेका मोही र क्षेत्रफल फरक हुने सक्ने अबस्था रहेको उहाँको भनाइ छ ।

विसं २०६९ मङ्सिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धि प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांस मोही जग्गा छाडी अन्यत्र गएका भनि मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ ।

यो पनि पढ्नुहोेस् – प्रधानमन्त्रीसमक्ष संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण

देउखुरीको सबै जग्गा अतिक्रणमा छ । सोही जग्गा विश्वविद्यालयलाई सञ्चालनका लागि भनेर दाताले सहयोग गरेका थिए । २०५८ सम्म त्यो जग्गाबाट आयस्तासमेत आउथ्यो । त्यस बेला देउखुरीमा गोदाम घरसमेत थिए । तर, अहिले आयस्ता आउने गरेको छैन ।

देउखुरीमा हाल १२ विघा जग्गा तेरोमेरोका कारणले नाममा आउन सकेको छैन । हाल गढवामा आठ विघा र सतबरियामा चार विघा जग्गा तेरोमेरो भनेर दर्ता भएको छैन ।

तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डीमा पनि ३२६ विघा जग्गा छ । जुन जग्गामा मोही छैन । तर, २० विघा जति सोही ठाउँको जग्गा पनि अतिक्रमणमा परेको छ ।

कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई जग्गा दिएपनि ८०० विघा जग्गा विश्वविद्यालयसँगै रहन्छ । त्यो जग्गा लिजमा दिएमा विश्वविद्यालयको आम्दानी बढ्ने उहाँको भनाइ छ ।

देउखुरीमा २०१० सालमा मजगैया परिवारले उच्च शिक्षाको प्रोत्साहन गर्दै उक्त जग्गा दान गरेका थिए । जसमा १२ खण्डमध्ये एक खण्डमा महादेवा मन्दिरको पुजाआजा गर्ने र ११ भागको आयस्ताबाट विद्यालयको पठनपाठन गर्ने कार्य गरिएको थियो । तत्कालिन अवस्थामा जनता विद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा दान गरिएको थियो । २०२८ मा उक्त जग्गामा नाप नक्सा भयो र २०४५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा नामसारी भएको थियो ।

त्यस्तै विसं २०२७ मा विश्वविद्यालय रहेको बेलझुण्डीमा साविक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटकालागि सरकारले यही बर्षको चैत मसान्तसम्म जग्गा बाँडफाँटकालागि निवेदन दिने सूचनासमेत जारी गरेको छ । सोही निवेदनका आधारमा ०८३ साल असारमसान्तसम्म टुङ्गोमा लगाइसक्ने गरी सूचना जारी गरेको हो ।

विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनकालागि भनेर पटक–पटक छलफल बहस हुने गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् ।

जग्गा तथा सम्पति खोजविनका लागि उच्च अदालतका पूर्वन्यायाधिश शेखरप्रसाद पौडेलको नेतृत्वमा समिति बनेको थियो । त्यो समितिले नौ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनकालागि सरकारी संयन्त्रसमेत बनेको छ ।
– rss