काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यकी छोरी तथा वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
पुरानो बानेश्वरस्थित आचार्य निवास पुगेर भण्डारीले परिवारसँग भेटघाट गर्दै डा. आचार्यको स्वास्थ्य स्थिति बारे सोधपुछ गर्नुभएको थियो । यसै क्रममा उहाँले डा. आचार्यको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभयो ।
भण्डारीको राष्ट्रपतिकालमा डा. आचार्य विज्ञ सल्लाहकारका रूपमा आवद्ध रहँदै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।












