२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाह अब रास्वपा नेता: हस्ताक्षरपछि नेताहरुले के भने ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सात बुँदे सम्झौता गरेपछि सभापति लामिछानेले सामाजिक संञ्जालमार्फत् यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेख्नुभएको छ ।

यसैगरी रास्वपा डोलप्रसाद अर्याल (डिपी) अर्यालले जनताको आशा र चाहना बमोजिम २ नेता १ साथमा अब रास्वपामा भएको प्रतिक्रिया दिनुभएको छ ।

यसैगरी अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले बालेन्द्र शाह अब रास्वपा नेता हुनु भएको जनाउनु भएको छ ।

आज बिहान ४: १५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको थियो ।