काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।
क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने गरेको पाएपछि वाल्डोका सञ्चालक चिनियाँ नागरिक च्यान मिन चिङ पक्राउ परेका हुन् ।
फरार अवस्थामा रहेका उनलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
केही दिनअघि प्रहरीले तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी गरेको आरोपमा क्यासिने खेलाउने सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ गरेको थियो ।
यस्तै, क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेका छन् ।












