काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल हुने जनाईएको छ ।
बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने सचिब डा राजन भट्टराईले जानकारी दिनुभयो ।
“समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भन्नुभयो ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।












