२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्स युनाइटेड र सन्डरल्यान्ड बिचको खेल बराबर



लिड्सका फर्वार्ड काल्भर्ट लेविन गोल गरेपछि खुसी साटासाट गर्दै ।
अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार आइतबार साँझ भएको खेलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट एक एक गोल भएको थियो ।

खेलको पहिलो हाफको २८औं मिनेटमा सन्डरल्यान्डका लागि अडिङ्ग्राले जाखाको पासमा गोल गरेर टिमलाई १–० गोलको अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ४७औं मिनेटमा लिड्स युनाइटेडका लागि काल्भर्ट–लेविनले गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट सुन्दर मुभ भएपनि गोल हुन सकेन ।

यो सिजन निकै राम्रो प्रदर्शन गरिरहेको सन्डरल्यान्ड आजको खेलमा बराबरीसँगै लिगमा १८ खेलबाट २८ अंक सहित सातौं स्थानमा छ । सन्डरल्यान्डले पछिल्ला पाँच खेलमा तीन वटामा बराबरी, एक जित र एक हार व्यहोरेको छ ।

लिड्स युनाइटेड भने १८ खेलबाट २० अंक सहित लिगमा १६औं स्थानमा छ । पछिल्ला पाँच खेलमा निकै सुधारिएको प्रदर्शन गरिरहेको लिड्सले तीन खेलमा बराबरी र २ मा जित निकालेको छ ।

आजै राति १०.१५ बजे क्रिस्टल प्यालेस र टोटेनह्याम हस्पर्सबीच खेल हुँदैछ ।