२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री लेखक भदौ २३ र २४ को घटनाबारे बयान दिन जाँचबुझ आयोग जाँदै



अ+ अ-

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयानका लागि आज जाँदै हुनुहुन्छ ।

उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन सोमबार बिहान १२ बजे आयोगको कार्यालय जान लागेको लेखकको सचिवालयले जनाएको छ ।

लेखकको सचिवालयका अनुसार संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन आयोगको कार्यालय जान लागेको जनाईएको छ ।