२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।