२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ



अ+ अ-

काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन् ।

एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।




भर्खरै