२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौँः रेशमलाल चौधरी



अ+ अ-

काठमाडौं ।रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ ।

सोमवार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरुको बन्दसूचि बुझाउन निर्वाचन आयोग पुग्नुभएको उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टीलगायतका पाटीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो । सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचिमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कास्कीबाट , पर्वतबाट, लम्जुङबाट, हामी रुकुमबाट, रोल्पाबाट, कालिकोट, दैलेखबाट, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ । यद्यपि नाउपा, नेपालले हाम्रो गठबन्धन छ । यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेवार उठाउँछ ।’

त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनौटमा भरपर्ने बताउनु भयो ।