२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह



अ+ अ-

गोरखा। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

आज एक कार्यक्रमको सन्दर्भमा गोरखामा भएको भेटमा मन्त्री खरेलले निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो भूमिका रहने भएकाले दुवै भूमिकाको भरपुर प्रयोग गरी निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भन्नुभयो, “सरकारको तर्फबाट पनि र एक जिम्मेवार राजनीतिक पार्टीको केन्द्रीय नेताको तर्फबाट पनि कुनै कञ्जुस्याइँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ ।” साथै उहाँले निर्वाचन हुनेमा कुनै पनि शङ्का र प्रश्न नरहेको पनि स्पष्ट पर्नुभयो ।

“आज सबै पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि निर्वाचन हुन्छ कि हुन्न होला भन्ने प्रश्न समाप्त भएको छ”, उहाँले भन्नुभयो, “हामी निर्धारित मितिमा निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि पहिल्यैदेखि निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभएको थियो । “म त पहिल्यैदेखि निर्वाचनको पक्षमा थिएँ ।

अहिले वातावरण सकारात्मक बनिरहेको छ । यो खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “यो सरकारले पनि अलि जिम्मेवार भएर काम गर्नुपर्छ ।”रासस




भर्खरै