२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीको बयान लिन आयोगलाई गुण्डुको निम्तो



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिएको छ । पूर्वघोषणासहित सोमबार आयोग कार्यालय पुगेर लिखित बयान दिएका लेखकले ‘आन्दोलन दमनमा आफ्नो कुनै निर्देशन नभएको’ दाबी गरेका छन् ।

‘२४ भदौ आन्दोलन होइन, घुसपैठ’

तत्कालीन गृहमन्त्री लेखकले ‘गत २३ भदौको प्रदर्शन र त्यसमा भएको दमनको नैतिक जिम्मेवारी लिएर आफूले राजीनामा दिएको’ बताउँदै ‘२४ भदौमा घुसपैठ भएको’ दाबीसमेत गरेका हुन् । आयोगले सरकारको नेतृत्वकर्ताको हिसाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लिने जानकारी दिइसकेको छ आयोगले ‘ओलीले परिस्थिति सहज बनाइदिने विश्वास लिएको’ जनाएको छ ।

तत्कालीन गृहमन्त्री लेखकसँगको बयान सकिएपछि ओलीको लिइने आयोगको भनाइ छ । छानबिन आयोगले लेखक र ओलीबाट ‘न्यूनत्तम बयान’ अपेक्षा गरेको संकेत गरेको छ । आयोग स्रोतले बयानअघि स्थानहद नखुल्ने बतायो ।

स्रोतले आयोग प्रवक्ता विज्ञानराज शर्मालाई उद्धृत गर्दै जनाएअनुसार ‘तत्कालीन प्रधानमन्त्री ओलीको पनि न्यूनत्तम बयान लिएपछि स्थानहद फुकुवा गरी राजनीतिक गतिविधिका लागि सहज वातावरण बनाइने’ छ । तत्कालीन गृहमन्त्री लेखकसँग सोमबारको बयान ‘औपचारिक सोधपुछ’मात्रै भएको बताउँदै प्रवक्ता शर्माले भने, ‘आयोगले आवश्यकताअनुसारका छलफल र बयान लिनेछ, अरुका बयानमा जोडिएका विषयमा समेत गृहमन्त्रीको हैसियतमा उहाँसँग सोधपुछ गर्नुपर्ने हुन्छ ।’

ओलीका हकमा आयोग लचक
तत्कालीन प्रधानमन्त्री ओलीको हकमा ‘ बयानको औपचारिकता कसरी पूरा गर्ने अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि बयान र स्थानहद विषयमा ओलीका हकमा लचिलो वातावरण बनाइने सरकारको धारणा रहँदै आएको छ । ‘बयान नलिइए जेनजी आन्दोलनका सरोकारवालाको दबाब झेल्नै नसकिने र विवाद बढ्ने सम्भावना बढिरहेको’ सरकारको बुझाइ छ भने अर्कातर्फ ओलीले ‘बयान नदिने, बरु गोली ठोके हुन्छ’ भन्दै सरकारलाई चेतावनी दिइरहेका छन् ।

आयोगलाई गुण्डुको निम्तो
जेनजी आन्दोलन विषयमा सोधपुछ भन्दै छानबिन आयोगले भक्तपुर गुण्डु नै पुगेर ओलीसँग भेटवार्ता गर्नसक्ने सम्भावना बढ्दै गएको बुझिएको छ । ‘आमरूपमा ओलीसँग बयान लिइएको’ भन्दै आयोगले ‘फेस सेभिङ गर्ने र त्यसलगत्तै बयानपछि स्थानहद फुकुवा गरिएको’ भन्दै आयोग वक्तव्य केही दिनमै आउने सम्भावना रहेको बुझिएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पनि ‘आफू आयोगमा बयान दिन नजाने’ चेतावनी दिँदै ‘आफूकहाँ आएको खण्डमा चिया पिलाएर स्वागत गर्ने’ भन्दै आयोगसँगको भेटवार्ता संकेत गरिसकेका छन् । ओलीले भिन्न शैलीमा आयोगसँगको भेटवार्तालाई ‘बयान’ भन्दै ‘फेससेभिङ गर्ने सम्भावना एक एमाले पदाधिकारीले समेत स्वीकारे ।

ती पदाधिकारीले भने, ‘सरकारले निर्वाचन गराउने नै भन्ने हो भने वातावरण सहज बनाउनैपर्यो, त्यसका लागि मध्यमार्गी बाटो अपनाउन सकिन्छ, जुन आयोगले पनि सोचेकै होला ।’ राजधानी दैनिकबाट