२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताउनु भयो । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनु भयो । समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन । यस अर्थमा पनि जसरी ठाउँ ठाउँका जनताले उहाँलाई अत्यन्त उत्साहपूर्ण ढंगले स्वागत र सम्मान गरेका छन् ।’

सहसंयोजक नेपालले नेपाल्ी कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताउनु भयो ।