२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले अन्तिम बैठकमा भने साथ दिनेहरुप्रती सबैसँग अनुगृहित छु



अ+ अ-

काठमाडौं। राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । भोलि राप्रपासंग पार्टी एकता गर्न लागेको राप्रपा नेपालको आजको बैठक अन्तिम बैठकको रुपमा रहेको थियो ।

आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राप्रपा र राप्रपा नेपाल बिच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

भोलि पुस १६ गते दिउँसो १:०० बजे राष्ट्रिय सभा गृहमा हुने एकता घोषणा सभा भब्यता पुर्बक सम्पन्न गर्न परिचालित हुन पनि बैठकले आग्रह गरेको छ ।

बैठकमा अत्यन्तै भावुक रुपमा प्रस्तुत भएका अध्यक्ष थापाले सड्ढटपुर्ण अबस्थामा आफुलाई सहयोग गर्ने सबैप्रती अनुगृहित हुदै आभार सहित कृतज्ञता व्यक्त गरेका थिए ।

थापाले सबैसंग कृयाशिल हुन आग्रह गर्दै बिचार र संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे । काङ्ग्रेस कम्युनिस्टको बिकल्प बन्न आएका नयाँ शक्तीको सिद्धान्त स्पष्ट नभएको भन्दै थापाले निर्बाचनलाई आन्दोलनको रुपमा सदुपयोग गर्ने बताए ।

बैठकमा पार्टी संचालनको निमित्त महत्त्वपूर्ण योगदान दिएका महामन्त्री तथा कार्यक्रम समन्वय बिभागका प्रमुख इन्द्र चित्रकारलाई सम्मान गरिएको थियो । बैठकमा पार्टी एकता बारेमा महामन्त्री तथा बार्ता समिती सदस्य राजाराम बर्तौलाले जानकारी गराएका थिए ।