२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित समुदायले अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको छ-मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दलित समुदायको संवैधानिक अधिकारको रक्षा गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, बागमती प्रदेशको प्रथम अधिवेशन तथा ‘परिवर्तित राजनीतिक परिस्थितिमा दलित आन्दोलनको वर्तमान अवस्था, चुनौती र भावी दिशा’ विषयक विमर्शमा आज मुख्यमन्त्री बानियाँले संविधानमा भएका अधिकारका निम्ति दलित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

दलित समुदायलाई आर्थिक रूपमा सम्पन्न बनाउन बागमती प्रदेशले दलित समुदायको आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि सो समुदायको अधिकार प्राप्तिका लागि प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

दलितमुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले पछिल्लो राजनीतिक परिघटनाका कारण संविधान नै सङ्कटमा पर्ने खतरा बढ्र्दै गएको बताउँदै संविधान रक्षाको निम्ति पनि सिमान्तकृत समुदायबीचको एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित सहभागितालाई अनिवार्य बनाउन कानुन बनाएरै लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष तथा सभासद् कमला विश्वर्माले दलितको सवालमा केही अधिकार संविधानामा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । रासस