२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको उत्कृष्ट खेल, एस्टन भिल्ला पराजित



अ+ अ-

काठमाडौं: इङलिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिग लिडर आर्सनलले तेस्रो स्थानमा रहेको एस्टन भिल्लालाई नराम्रोसँग पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक यस खेलमा जित भने आर्सनलको भयो । निकै रोमाञ्चक यस प्रतिस्पर्धामा आर्सनलले भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेर पहिलो स्थानलाई अझ सुदृढ बनायो ।

आर्सनलका लागि ग्याब्रिएलले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसलगत्तै ५२औं मिनेटमा जुबिमेन्डीले दोस्रो, ६९औं मिनेटमा ट्रोसार्डले तेस्रो तथा ७८औं मिनेटमा जेसुसले गोल गरेका थिए ।

एस्टन भिल्लाका लागि एकमात्र गोल ९४औं मिनेटमा वाटकिन्सले गरेका थिए ।

यो जितसँगै आर्सनलले १९ खेलबाट ४५ अंक जोडेर पहिलो स्थानमा आफूलाई कायम राखेको छ । दोस्रो स्थानमा भने १८ खेल खेलेको म्यान्चेस्टर सिटी रहेको छ जसको ४० अंक छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको १९ खेलबाट ३९ अंक छ ।