काठमाडौं: सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला रु. १ हजार १०० घटेर रु. २ लाख ६१ हजार प्रति तोला रहेको छ । मंगलबार सुनको मूल्य रु. २ लाख ६२ हजार १०० रहेको थियो ।
यसैगरी चाँदीको मूल्य आज रु. ४ हजार ४७० प्रति तोला तोकिएको छ । मंगलबारको तुलनामा यो प्रतितोला १२० रुपैयाँले घटेको हो ।
सुनचाँदीको मूल्य (२०८२ पुस १६ गते)
सुन: रु. २ लाख ६१ हजार प्रति तोला
चाँदी: रु. ४ हजार ४७० प्रति तोला











