२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भएः प्रजिअ अधिकारी



अ+ अ-

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १८ हजार १९५ जनालाई राष्ट्रिय परिचयपत्र, ११ हजार ३१६ जनालाई नागरिकता, १० हजार ४६६ जनालाई राहदानी, एक हजार ९९८ जनालाई सिफारिस र प्रमाणीकरण, ८६० जनालाई गुनासो सम्बोधन, ३४२ जनालाई नाबालक परिचयपत्र सेवा प्रदान गरिएको छ ।

नौ महिना तनहुँ बसाइपछि सिन्धुपाल्चोक सरुवा हुनुभएका प्रजिअ अधिकारीले यस अवधिमा पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासो सम्बोधन, ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण, गुनासो सम्बोधन, एमसिए नेपालको मुआब्जा निर्धारण तथा विवाद समाधान, विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विवाद समाधानमा काम गरेको जानकारी दिनुभयो ।

आज यहाँ आयोजित सञ्चारकमीसंगको भेटघाटमा उहाँले एकीकृत जिल्ला सुरक्षा योजना, चाडपर्व लक्षित सुरक्षा योजना, एकीकृत जिल्ला निर्वाचन सुरक्षा योजना तर्जुमा, मतदान केन्द्रहरुको पुनरावलोकन तथा दुई मतदानस्थल थप, सामाजिक समस्या न्यूनीकरणका प्रयास गरिएको बताउनुभयो ।

तनहुँ बसाइँका क्रममा सबै राजनीतिक दल, सङ्घसंस्था, सञ्चारकर्मी, कर्मचारीहरुबाट प्राप्त सहयोगले काम गर्ने ऊर्जा मिलेको प्रजिअ अधिकारीको भनाइ छ । यसअवधिमा रु दुई करोड १४ लाख २७ हजार ९८५ राजस्व सङ्कलन भएको छ ।




भर्खरै