काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा .“शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना भै रहेको छ ।
होटल याक एण्ड यतीमा भै रहेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहित प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहको छ ।
संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।












