२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः माधव नेपाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहसंयोजक नेपालले जेन–जी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गर्नुभयो । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढने काममा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सहसंयोजक नेपालले नेपाल विभिन्न सम्पदाहरुले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनाहरुमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यक्ता पर्छ । हाम्रा माननीय मन्त्रीजीहरु पनि हुनुहुन्छ । ती क्षेत्रहरुमा रहेको संरचनाहरुमा रहेका त्रुटीहरुमा सुधार गर्ने हो, । र सिष्टम कसरी बसाल्न सक्ने हो, अहिलेसम्म भएको राम्रा कामहरुलाई कसरी जोगाउने र कमजोरीहरु कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता पर्दछ । तर मुख्यतः नेपाल जस्तो देश जो धेरै हिसावले सम्पन्न छ । वन सम्पदा छ , कृषि सम्पदामा सम्पन्न छ । सांस्कृतिक सम्पदामा सम्पन्न छ । खनिज सम्पदामा सम्पन्न छ । जल सम्पदामा सम्पन्न छ । त्यसकारण सम्पन्नताको चिजविजमा यहाँ कमी छैन । तर त्यसमा जसरी खोज अनुसन्धान लगानी गर्नुपर्ने, प्रतिफललाई ध्यानमा राखेर लगानी गर्नुपर्ने यत्रो पानीहरु बगिराखेको छ । विजुली उत्पादन गर्नुपर्ने । यी चिजहरुमा जुन कमी भएको छ । विगतका सरकारहरुबाट विगतमा भएका कमजोरीहरुलाई सच्याउने ढंगले एउटा नयाँ संकल्प गर्नुपर्ने आवश्यकता पर्छ । त्यसमा उद्योगी, व्यवसायी साथीहरुले पहल लिनुभएको छ । मैले पटक पटक भन्ने गरेको छु–तपाईहरुले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाउनुहोस । विज्ञहरुलाई बोलाउनुहोस । पूर्वमन्त्री, उद्योगीव्यवसायीहरुलाई बोलाउनुहोस् । विभिन्न देशका अनुभवप्राप्त व्यक्तहरुलाई बोलाउनुहोस । सेक्टर सेक्टरको छलफल गरेर अघि बढौ भन्दा त्यसमा ध्यान पुग्न सकेको थिएन । तपाईहरुले घच्घच्याउनु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । वास्तवमा यो देशको विकास गर्ने हुटहुटी पहिला चाहियो । सपना देख्न सक्नु पयो । त्यसका लागि योजना बनाउन सक्नुप¥यो । त्यसका लागि तपाईहरुले खेल्नु भएको भुमिकाप्रति धन्यवाद दिन चाहन्छु ।’

सहसंयोजक नेपालले देशको विकास गर्ने हुटहुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।–