१७ असार २०८३, बुधबार
,
Latest
झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु



अ+ अ-

सुनसरी। सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ ।

‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले गर्नुभयो । महोत्सवमा अर्गानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा खानाका परिकार प्रदर्शनीमा राखिएको महोत्सवका आयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो ।

महोत्सवमा आउने पर्यटकलाई भेडेटारका प्रमुख आकर्षण पर्यटकीयस्थल धरान उपमहानगरपालिका– ४ र साँगुरीगढी गाउँपालिका–६ को सीमामा रहेको स्काइ वाक, पाथीभरा मन्दिर, शङ्खेश्वर मन्दिर, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होमस्टे तथा ध्वजे डाँडालगायत स्थानको अवलोकन गराइने अध्यक्ष लिम्बूले बताउनुभयो ।

महोत्सव ५० देखि ६० हजार पर्यटकले अवलोकन गर्ने र महोत्सवबाट दुई करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । रासस