२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा



अ+ अ-

गण्डकी। मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । १० जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीका अनुसार जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । सामान्य प्रसूति सेवाका लागि प्रदेशभर ३६४ प्रसूति केन्द्र छन् ।

शल्यक्रियामार्फत प्रसूति सेवा दिने अस्पतालसँगै घरमै सुत्केरी गराउने क्रम घट्दै गएको महाशाखा प्रमुख केसीले बताउनुभयो । सन् २०२२ को नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार गण्डकीमा संस्थागत प्रसूति दर ८९ प्रतिशत छ । जुन मुलुकको औसत ७९ प्रतिशतभन्दा बढी हो ।

यस्तै दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर गण्डकीको ८९ प्रतिशत छभने राष्ट्रिय औसत जम्मा ८० प्रतिशत छ । स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्य परीक्षण गराउने गर्भवतीको सङ्ख्या पनि नेपालको औसत तुलनामा गण्डकी प्रदेशमा बढी छ । राष्ट्रिय रूपमा औसत ८१ प्रतिशतले गर्भवतीले स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्थ्य परीक्षण गराउँछन् भने गण्डकीमा ८५ प्रतिशतले गराउने गरेका छन् ।

सरकारले सन् २०३० सम्ममा गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराउने दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।  विसं २०७८ को जनगणनाअनुसार प्रदेशमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १६१ देखाएको थियो । गत आवमा भने जम्मा १३ जना गर्भवती र सुत्केरी आमाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मातृशिशु मृत्युदरमा सुधार देखिएपनि चुनौती भने कायमै रहेको मन्त्रालयको अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताउनुभयो । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरणसँगै स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गर्न प्रदेशका ११ वटै जिल्लामा अभियान थालिएको सचिव खड्काले बताउनुभयो । रासस