१७ असार २०८३, बुधबार
,
Latest
झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकारअन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महाङ्घद्वारा आज आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल’ विषयक कार्यक्रममा मन्त्री खरेलले निजीक्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने धारणा व्यक्त गर्नुभयो । “समाजवादउन्मुख राज्यव्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन”, मन्त्री खरेलले भन्नुभयो, “उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ ।”

सोही कार्यक्रममा उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पार्नुभयो । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ । रासस