२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री शर्मासँग भारतीय समकक्षी जयशंकरको भेट



अ+ अ-

काठमाडौं: बंगलादेशको भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भारतीय समकक्षी विदेश मन्त्री एस जयशंकरको ढाकामा भेटघाट भएको छ ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बिएनपीका अध्यक्ष बेगम खालेदा जियाको निधनमा शोक प्रकट गर्न मन्त्री शर्मा मंगलबार ढाका प्रस्थान गर्नु भएको थियो । दाहसंस्कारमै सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर पनि ढाका पुग्नु भएको छ ।

उहाँहरू बीच संक्षिप्त भेटघाट भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । परराष्ट्र मन्त्री बालानन्द शर्माको भारतीय उच्च कुटनीतिज्ञसँग भेट भएको यो पहिलो अवसर हो ।