२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कुमारी’को नयाँ गीत ‘डोको बुन्ने’मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम



अ+ अ-

काठमाडौं। माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ।

काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गरिएको ‘डोको बुन्ने’ गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्।

सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्। शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।

कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेम कथानक चलचित्रहरू ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ सम्झना गर्दै ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका चलचित्रपछि आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए। उनले ‘डोको बुन्ने’ गीतले चलचित्रको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे। यस्तै, लेखक विकास सुवेदीले यो गीतले चलचित्रको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।

कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले यस चलचित्रबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए। राजभण्डारीले चलचित्रको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो चलचित्र रोजेको बताइन्। यस्तै, खड्काले चलचित्रप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप यस चलचित्रमा अभिनय गरेको बताए। कार्यकारी निर्माता केदार भुसालले ‘भ्यालेन्टाइन डे’को छेको पारेर रिलिज हुन लागेको यस चलचित्रले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।

चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्।

कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।

डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।




भर्खरै