२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन्ः अध्यक्ष मगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरुले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आयोगहरुले विभिन्न सिफारिसहरु गरे पनि कार्यान्वयन हुन नसेकेको उहाँको भनाइ छ । सबै आयोगहरुले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्ने उहाँको माग छ । उहाँले आदिवासी जनजातिहरुलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुप¥यो भने उनीहरुले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानूनमा व्यवस्था नभएपनि अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन होस् ।’

उहाँले आदिवासी जनजातिमाथि भोगाधिकारको असर पर्छ भने उनीहरुले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भयो ।