२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनसलाई अस्ट्रेलियन ओपन वाइल्डकार्ड



अ+ अ-

मेलबर्न। सात पटककी ग्रान्डस्लाम एकल च्याम्पियन अमेरिकी टेनिस स्टार भेनस विलियम्सलाई ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्ड प्रदान गरिएको छ । यससँगै उहाँ सिजनको उद्घाटन ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नुभएको छ ।

हालका वर्षहरूमा सीमित सङ्ख्यामा मात्र एकल खेल खेलेकी भेनस विलियम्सले सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्कमा आयोजना हुने मुख्य ड्रमा प्रतिस्पर्धा गर्नुहुनेछ । लामो समयपछि पुनः ग्रान्डस्लाम कोर्टमा फर्किन पाउँदा आफू निकै उत्साहित रहेको उहाँले बताउनुभएको छ ।

“म फेरि अस्ट्रेलिया फर्किन पाउँदा अत्यन्तै खुसी छु र अस्ट्रेलियाको गर्मीमा प्रतिस्पर्धा गर्न आतुर छु”, उहाँले भन्नुभयो, “त्यहाँ मेरा धेरै अविश्वसनीय सम्झनाहरू छन् र मेरो करियरका लागि निकै अर्थ राख्ने स्थानमा फेरि खेल्ने अवसर पाएकोमा म आभारी छु ।”

भेनस विलियम्स पाँच पटककी विम्बल्डन च्याम्पियन तथा दुई पटककी युएस ओपन विजेता हुनुहुन्छ । अस्ट्रेलियन ओपनमा उहाँ सन् २००३ र २०१७ मा एकल फाइनलसम्म पुग्नुभएको थियो, यद्यपि उपाधि जित्न भने सक्नुभएको थिएन ।

उहाँ सन् २०१५ मा पहिलो चरणमै बाहिरिएपछि ४४ वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी जापानकी किमिको डेटपछि अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी बन्नुहुनेछ । यो उपलब्धिले भेनसको लामो र प्रेरणादायी करियरलाई अझ ऐतिहासिक बनाएको छ ।

चार पटककी अस्ट्रेलियन ओपन डबल्स च्याम्पियन भेनस विलियम्सले १६ महिनाको विश्रामपछि गत वर्ष युएस ओपनमार्फत प्रतिस्पर्धात्मक टेनिसमा पुनरागमन गर्नुभएको थियो । उहाँले आगामी जनवरी १८ देखि फेब्रुअरी १ सम्म हुने अकल्यान्ड क्लासिकमार्फत अस्ट्रेलियन ओपनको तयारी सुरु गर्नुहुनेछ । त्यसपछि उहाँ मेलबर्न जानुअघि होबार्ट इन्टरनेसनल प्रतियोगितामा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यसैबीच, दुई पटककी ग्रान्डस्लाम विजेता तथा साथी अमेरिकी खेलाडी कोको गाउफले भेनस विलियम्स अझै पनि शीर्षस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउनु ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिनुभएको छ ।

“उहाँ टेनिस खेलकी एक साँचो किंवदन्ती हुनुहुन्छ”, गाउफले भन्नुभयो, “उहाँलाई फेरि कोर्टमा देख्न पाउनु अत्यन्तै राम्रो कुरा हो । उहाँको करियरको दीर्घायु साँच्चै प्रेरणादायी छ र म उहाँलाई पुनः खेलेको हेर्न आतुर छु ।”  (रासस/एएफपी)