काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र नटिङहम फरेस्टबीच प्रतिस्पर्धा भइरहेको छ ।
पहिलो हाफ सकिँदा भिल्लाले खेलमा अग्रता लिएको छ । घरेलु मैदान भिल्ला पार्कमा इन्जुरी समयमा वली वाट्कीन्सले गोल गर्दै भिल्लालाई १–० को अग्रता दिलाएका हुन् ।
उनले डी–बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । फरेस्टका गोलकिपर जोन भिक्टरले बल वाट्कीन्सको प्रहार रोक्ने प्रयास गरेपनि उनको हातमा थोरै लागेर बलले जाली चुम्यो ।
अंकतालिकामा भिल्ला अहिलेको स्थितीमा २० खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ भने फरेस्ट १८ अंकका साथ १७ औं स्थानमा छ ।











