२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबलाई



अ+ अ-

काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । हेल्प नेपालले आर्मीमाथि २५–२१, २५–२१ र २५–२१ ले जित निकाल्यो ।

सोही मैदानमा आजै भएको महिलातर्फको फाइन खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै महिलातर्फको उपाधि जितेको छ ।

फाइनलमा न्यू डायमन्डले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । रासस