२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमलव १३, जलविद्युत शून्य दशमलव ४९, लगानी शून्य दशमलव ३२, जीवन बीमा शून्य दशमलव ८८, लघुवित्त शून्य दशमलव ३२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बीमा शून्य दशमलव ८६ र अन्य समूह एक दशमलव ६९ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ३२ प्रतिशतले घटेको छ ।

लिमिटेडको सबैभन्दा धेरै रू ३० करोड, ६५ लाख, ८५ हजार, ७६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको छ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ ।