२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशीलबाट आएका सात जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका ७ जना नयाँ सदस्यहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय वनस्थली बसेको केन्द्रीय समितिको बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।