२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित



अ+ अ-

जनकपुरधाम। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज यहाँ आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि भए पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखको विषय भएको उल्लेख गर्नुभयो ।

मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि भए पनि शिक्षाको क्षेत्रमा कसरी तथा किन पछि परेको हो त्यो अध्ययनको विषय भएको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

“अहिले प्रविधिको जमाना छ, साक्षर पनि नहुनु ठूलो विडम्वनाको विषय भएको छ”, मन्त्री पुनले भन्नुभयो ।  सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था सवै प्रदेशभन्दा कमजोर  भएको उल्लेख गर्दै  प्रदेश  सरकार शिक्षा क्षेत्रको विकासका लागि  योजनावद्धरुपमा अगाडि बढेको छ भन्नुभयो ।

शिक्षा क्षेत्रको दीगो  विकासका लागि सरकारी तथा गैरसकारी क्षेत्र हातोमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मधेस प्रदेशसभा सदस्य अञ्जना पण्डितले  मधेसको शिक्षाको समस्या समाधान गर्न तीनै तहका सरकारले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । रासस